वैदेशिक रोजगारको निर्भरता न्यूनिकरण गर्ने अवसर

एनआरएनए एनसीसी कतारको मुखपत्र दोहा दर्पाण २०१७ मा प्रकाशित

हाम्रो मुलुकको अर्थतन्त्रको ठुलो हिस्सा वैदेशिक रोजगारले धानेको छ । बहुदलिय व्यवस्था सँगै फस्टाएको वैदेशिक रोजगारीको निर्भरता द्धन्दकालमा सर्वाधिक उच्च विन्दुमा पुग्यो । बृहत शान्ति सम्झौता, २ वटा संविधान सभाको निर्वाचन  पश्चात बनेको संविधान अब कार्यन्वयनमा गइसकेको छ । ६ वटा प्रदेशमा स्थानिय निकायको निर्वाचन सफलतापुर्वक भइसकेको छ भने प्रदेश नं. २ मा आगामी असोज २ मा हुदैछ । राजनैतिक परिवर्तनका हिसावले नेपालको राजनित परिर्वतनको उच्चतम विन्दुमा पुगेको छ । अब राजनैतिक परिवर्तनको आवाश्यकताको कुनै पनि बहानामा विकास र समृद्धिका गतिविधिहरुलाई अवरोध गर्ने आधार छैनन्, गरियो भने पनि ति जनताबाट अनुमोदित हुनेछैनन् ।
जनतालाई स्थानिय स्तरमा सेवा सुविधा दिने, न्याय दिने र विकास निर्माण गर्ने संवैधानिक अधिकार सहित स्थानिय सरकारहरु गठन भइसकेका छन् । अब राष्ट्रिय राजनिति अस्थिर नै भए पनि स्थानिय स्तरका विकास निर्माणका कार्यहरु रोकिदैनन् र रोकिनु हुदैन । यदा कदा स्थानिय कारणले सोचे जस्तो प्रगति नभए पनि त्यसको असर त्यति निकायमा सिमित हुनेछ अन्यत्रको विकासको गति यथावत रहनेछ । मात्र जनताले जनप्रतिनिधिहरुलाई खबरदारी गरिरहनु पर्नेछ ।
विकासको गति बढेसँगै मुुलुकभरी नै रोजगारीको अवसर, साना ठुला व्यापारीक अवसर श्रृजना हुदै जानेन् । त्यसको लागि जनशक्तिको आवाश्यकता पर्दछ । नेपाल जनशक्तिका हिसावले दरिलो छ । आज ४० लाख नेपाली नेपाल बाहिर श्रम गरिरहेका छन् । विगतमा जुन बाध्यता र परिस्थितिले विदेशिएका भए पनि वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरुले आज सम्म रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई टेवा दिइरहेका छन् । त्यसको साथमा सीप, प्रविधि पनि सिकेका छन् । विदेशको कार्य शैलि, व्यवस्थापकिय सीप देखि व्यत्तित्व विकास समेत गरेका छन् । यो रेमिट्यान्सको रुपमा भित्रिएको रकम भन्दा ठुलो सम्पति हो मुलुकको लागि र यसलाई सदुयोग गरेर राष्ट्र निर्माणमा लगाउन सक्नु पर्दछ ।  
यसै पनि स्थानिय निर्वाचन पश्चात जनप्रतिनिधिको रुपमा ठुलो संख्याका नागरिकहरुले जिम्मेबारी पाएका छन् भने अव स्थापित हुने संरचना संचालन गर्न, विकासे परियोजनाहरु सम्पन्न गर्न, सचेतनात्मक गतिविधिहरु संचालन गर्न थप उल्लेख्य जनशक्ति आवाश्ययक पर्दछ । एकातिर नेपालमा विकासका परियोजनाहरु अगाडि बढाउन बौद्धिक, दक्ष, अदक्ष सबै खाले जनााशसक्तको आवाश्यकता बढिरेहको छ भने अर्को तिर अझै पनि दैनिक हजारौ संख्यामा युवाहरु रोजगारीको लागि विदेशिरहेका छन् । विदेशमा रहेका  तिसौ लाख युवाहरु मध्ये पनि अधिकांश सन्तोषजनक काम पाइरहेका छैनन्, कतिपय रोजगारदाता मुुलुकमा पछिल्लो समयमा विकसित परिस्थितिले पनि कतिपय वैदेशिक रोजगारिमा रहेका नेपालीहरु आफ्नो रोजगारी सुरक्षित रहने कुरामा ढुक्क नभइरहेको अवस्था छ । पछिल्ला केहि महिनामा कतिपयको त रोजगारी गुमेर स्वेदेश फर्किने क्रम समेत जारी छ ।
तत्कालिन रुपमा नेपाली युवाहरु जसको काँधमा परिवार र राष्ट्रको जिम्मेबारी रहेको हुन्छ उसको रोजगारी गुम्नु दुखद कुरा हो । यसले आर्थिक मात्र नभएर उसको व्यक्तिगत र परिवारको समेत नकरात्मक प्रभाव पार्दछ । जिवन संचालनका हरेक पाइलामा उल्लेख्य नगद आवाश्यक पर्ने वर्तमान परिवेसमा रोजगारी गुम्दा एउटा नागरिक, उसको परिवार, समाज र राष्ट्रलाई पर्ने नकरात्मक प्रभावबाट बचाउन सरकारले नितिगतरुपमा कदम चाल्ने हो भने यसले  वास्तवमा नै राष्ट्रलाई चाडै समृद्ध बनाउनेछ । मध्यपुर्वमा पछिल्लो समयमा विकसित घटनाक्रमले नेपाल फर्किएका नेपालीहरुलाई फेरी अर्को कम्पनी वा मुलुक जान म्यानपावर कम्पनी धाउनु पर्नेे वा आफन्त, साथीभाईलाई भिषाको लागि अनुरोध गनर्् पर्ने अवस्था श्रृजना हुन नदिइकन नेपालमा नै रहेर जिनोपार्जन गर्न सक्ने वातावरण बनाइनु आवाश्यक छ । केहि समय विदेशमा बिताएका व्यक्तिहरुले ठुलो राशी नगद बचत गर्न नसके पनि  केहि सीप अवश्य सिकेका हुन्छन् । साथमा विदेश समृद्धि देखेर आफ्नोमा पनि यस्तै भइदिए हुने थियो भन्ने सपना देखेका हुन्छन् । त्यतिमात्र नभएर केहि न केहि फरक सभ्यता, संस्कार सिकेका हुन्छन् । युवा अवस्थामा मुलुक छाड्दा भन्दा परिपक्व, धैर्य र समायोजन हुन सक्ने क्षमता विकास गरेका हुन्छ अनि अझ बढि परिश्रम गर्नु पर्छ, श्रमलाई सम्मान गर्नु पर्छ भन्ने भावाना विकसित भएको हुन्छ । यि कुराहरु हाम्रो औपचारिक र अनौपचारिक शिक्षाले दिए भन्दा थप शिक्षा हो यसलाई सम्पतिको रुपमा ग्रहण गरेर मुलुकको विकासमा उपयोग गर्न सक्ने हो भने नेपाललाई समृद्ध बनाउन समय लाग्दैन । आज एकपटक वैदेशिक रोजगारी बाट फर्केर घरमा नै बस्ने निर्णय गरेका कपिय युवाहरु आर्थिक र सामाजिक कारणहरुले बाध्य भएर फेरी विदेशिएका घटनाहरु हाम्रो समाजमा प्रशस्त भेटिन्छन् । समाजमा उचित सम्मान नपाउदा, आफ्नो दौतरीहरु सबै विदेश वा अन्यत्र हुदा एक्लोपन महशुस भएर, विदेशमा बसेर गरेको योजना अनुसारको आर्थिक व्यवस्थापन सफल हुदा श्रृजित पारिकवारिक दवाव आदी कारणहरुले युवाहरु नचाहेर पनि पुनः विदेशिरहेका छन् । यो राष्ट्रको लागि कुनै पनि कोणबाट सकरात्क होइन । आफ्ना नागरिक आफ्नै मुलुकमा जिविकोपार्जन गर्न सकिन्छ भन्ने आत्माविश्वास नभएर विदेशिनुको असर तत्कालिनरुपमा मुलुको आर्थिक सुचकको रुपमा मात्र सीमित हुदैन । त्यसले दिर्घकालिनरुपमा राष्ट्रियता र अखण्डता जस्ता गम्भिर बिषयमा समेत नरात्मक प्रभाव पार्न सक्दछ । नागरिकमा राष्ट्र प्रतिको सम्मान कम हुदै गयो भने कालान्त्रमा त्यो सबै भन्दा घातक हुन्छ । नेपालको राजनैतिक नेतृत्वलाई विगतमा युवाहरुको विदेश पलायन रोक्न नसक्नुको दोषबाट उम्कने थुप्रै बाटोहरु थिए । कहिले द्धन्दकाल, कहिले संक्रमणकाल, कहिले संविधानको कार्यन्वयन भइनसकेको अवस्था आदी तर अब यि सबै बाटोहरु बन्द भइसकेका छन् । राजनैतिकरुपमा नेपालले धेरै उपलब्धिहरु हाँसिल गरिसकेको छ । अब देश विकासको गतिलाई राजनैनिक परिवर्तनको नाममा अवरोध गर्ने नैतिक आधार राजनैतिक नेतृत्वलाई छैन । अबको एकमात्र बाटो भनेको स्थानिय र राष्ट्रिय स्तरमा विकास निर्माणलाई गति दिएर रोजगारी श्रृजना गरि विदेशएका लाखौ नागरिकहरुलाई देश फिर्ता बोलाउने, राजनैतिक स्थिरता कायम गरी आन्तिरक तथा बाह्य लागानी भित्रिन प्रोहोत्साहित गर्ने, संविधानको मर्म अनुसार दिर्घकालिन विकासे, शिक्षा, स्वास्थ्य, सुरक्षा, परराष्ट्र आदी आवाश्य निति तथा कानुनहरु बनाएर  कार्यन्वयन गर्ने मात्र हो । वास्तवमा अब राजनैतिक दलहरुले स्थानिय, प्रदेशिक तथा राष्ट्रिय सरकार स्थापना गरि ४ बर्ष ६ महिना विकासे राजनिति र ६ महिना मात्र चुनावि राजनिती गर्नु पर्दछ । त्यसो भएको खण्डमा आगामी १५ बर्षमा नेपालले वास्तवमै मुहार फेर्नेछ अनि वैदेशिक रोजगारीको निर्भरता न्यूनिकरण हुनेछ । त्यस पछि नेपालीहरुको आप्रवासन जिविको पार्जनको लाग बाध्यतात्मक होइन, आज विसित मुलुकहरुका नागरिकहरुले गरिरहेको जस्तै विशषज्ञताको आधधारमा विशिष्ठ सुविधा सहित बौद्धिक बिक्रि गर्ने स्तरमा हुनेछ आज जस्तो न्युनतम सुविधामा अधिकतम श्रम बेच्न होइन ।