एकातिर हामीसँग आपतकालमा थेग्न सक्ने
प्रयाप्त श्रोत साधन छैन,
सरकार, कर्मचारीले अपेक्षित प्रभावकारिता
साथ काम गर्न सकेन भनिदैछ अर्को तिर नै लकडाउन अवज्ञा गरेर होस वा चुनावको वेला
विपक्षिको विरोध गर्ने शैलिमा हरेक कुरामा नकरात्मक बनेर कामलाई अल्झाउने प्रयास
गरिदैछ । विरोध अवरोध गर्दा रमाइलो लाग्छ तर अवस्था नियन्त्रण बाहिर गयो भने पक्ष
विपक्ष छुट्टिनेवाला छैन । विकसित भनिएका देशहरुमा राजपरिवारका सदस्य, प्रधानमन्त्री, मन्त्री धनि गरिब सबै प्रभावित
भइसकेको र मानव इतिहाँस कै एउटा जटिल अवस्थामा पनि हामी सचेत बन्दैनौ भने त्यो
ठुलो बिडम्बना हुनेछ । यो भावनामा
बहकिने वा आग्रह,
पुर्वाग्रहमा
चल्ने समय पक्कै होइन । जनताको सुरक्षाको लागि कानुनी प्रक्रियालई समेत छोट्याएर
एक्सन लिन परे पनि सरकारलाई साथ दिनु पर्छ। संकटमा पनि एकजुट हुन नसक्नु हाम्रो
बिडम्बना हो । प्रयाप्त छैन तर संघिय, प्रदेश तथा स्थानिय सरकाले मेहनतका साथ प्रयास गरिरहेको छन्, त्यसमा नागरिकको साथ हुने हो भने
सम्भावित संकटबाट बच्न सकिन्छ । कोरोना संकटका बिरुद्ध एकजुट होऔं ।