Published on 7th January 2016
विनोद भट्टराई
गैरआवासीय नेपाली संघ, रािष्ट्रय समन्वय परिषद् कतारले करिब ३ महिना ढिलाई गरेर नया नेतृत्व पाएकोछ । सेप्टेम्बर २०१५ भित्र कार्यसमिति चयन सम्पन्न गरेर नव निर्वाचित कार्यसमितिको नेतृत्वमा विश्व सम्मेलनमा सहभागिता जनाउने परंपरागत प्रक्रिया प्राविधिकरुपमा कार्यसमिति चयन कार्य हुन नसक्दा तोडिएको थियो । परिणाम २०१५–२०१७ को कार्यसमितिले आफ्नो नेतृत्वमा विश्व सम्मेलन सहभागि हुने अवसर गुमायो साथ साथै “हनिमुन” पिरयड सम्माप्त गरी रफ्तार लिइसक्नु पर्ने समय गुज्रे पछि निर्वाचित भएर महत्वपुर्ण समय अवधिको “डिडक्सन” पनि भोगेको छ ।यद्यपि आइसीसीले दिएको थप म्याद भित्र सौहार्दपुर्ण वातावरणमा निर्वाचन सम्पन्न भई नयाँ कार्यसमिति चयन भई आइसीसीबाट मान्यता पाए पछि एनआरएनए एनसीसी कतारका समस्त अभियन्ता तथा शुभेच्छुकहरुमा खुशी छाएको छ भने यस संस्थालाई सधै नकरात्मक दृष्टि मात्र लगाउने, कमजोरी मात्र खोजीरहन तल्लिन आन्तरिक तथा बाह्य प्रवृतिहरुलाई भने पुनः एक पटक प्रयाप्त जवाफ मिलेकोछ । कुनै पनि संस्था आफैमा गलत हुदैन त्यसमा पनि एनआरएनए सबै वर्ग, समुदाय, क्षेत्र अटाउन सक्ने साझा प्रकृतिको संस्था भएकोले यसका उद्देश्य तथा गतिविधिहरु पनि सबैलाई सम्मानपुर्वक समन्वय गर्न सक्ने फराकिलो दायराका छन् । यसको फराकिलोपन या भनौ “साझा” पनलाइृ त्यसरुपमा बुझ्न नसक्नु, उपयोग गर्न नसक्नु सम्बन्धित व्यक्ति वा समुहको कमजोरी हो संस्थाको पटक्कै होइन । साझा संस्थाको जिम्मेबारीमा रहेर त्यस अनुरुप कार्यसम्पादन गर्न चुकेका अपवादका केहि व्यक्तिहरुका क्रियाकलापलाई आधार मानेर सिङ्गो संस्था माथी दोष थोपर्नु कदापी न्यायोचित होइन । परिस्थितिले करिब ३ महिना छोटिएको कार्यकाल हाक्ने अभिमत पाएको निर्वाचित कार्यसमिति सामु एकातिर चुनौतिहरुको पहाड र अर्कोतिर अवसरका प्रशस्त सम्भावनाहरु रहेका छन् । कार्यसमिति चयनको क्रममा निकै लामो समय आन्तरिक असमझदारीमा अल्झिएको समाजलाई भावनात्मकरुपमा एकताबद्ध बनाएर वास्तवमा नै एनसीसी मात्र कतारको नेपाली समाजको नेतृत्व गर्ने निर्विकल्प साझा संस्था हो भन्ने सन्देश स्थापित गर्नु पहिलो चुनौति हो । त्यसको लागि कार्यसमिति तथा नेतृत्व हरेक पाइलामा सन्तुलित, पद्धतिसंगत र संस्थागतरुपमा चल्न सक्नु पर्दछ । पद्धतिसंगत र संस्थागत रुपमा गरिएका निर्णय तथा कार्यहरु आफैमा दरिला हुन्छन् र तिनलाई कार्यन्वयन गर्न गराउन थप उर्जा आवाश्यक पर्दैन तर संस्थागत पद्धति बाहिर गएर गरिएका निर्णय वा कार्यहरु भने कहि न कहि कमजोर हुन्छन् र कार्यान्वयनमा अनावाश्यक समय र सामथ्र्य प्रयोग गर्नु पर्छ जुन असफलताको एक कारण बन्न सक्दछ ।अर्को महत्वपुर्ण पक्ष लगनशिलता वा जिम्मबारीबोधको निरन्तरता पनि हो । निर्वाचित भएको केहि अवधि सम्म स्वभावैले टिम जोशीलो हुन्छ, नेतृत्वलाई पनि आँट आउछ र अलिक महत्वकांक्षी योजनाहरु तय गरिन्छ तर समय सधै एकनास रहदैन । संस्थाको आफ्नै कार्यलय र कर्मचारी नभएको परिवेशमा एनसीसी जस्तो संस्थाका नियमित कार्य सम्पादनको लागि मात्र पनि निकै संयमता, लगनशिलता सहितको समय र शक्ति आवाश्यक हुन्छ भने अन्य परियोजना तथा कार्यक्रमहरुलाई २ बर्ष सम्म नियमितरुपमा कार्यन्वयन गर्न निकै चुनौतिपुर्ण छ । विगतलाई नै स्मरण गर्ने हो भने पनि धेरै प्रमुख पदाधिकारीहरु नै पछिल्लो दिनमा निश्क्रिय भएका घटनाहरु ताजै छन् । निर्वाचित हुदाताका आपसमा चिन्नै समय लाग्ने ठुलो टिम क्रमश खिइदै जादा कार्य सम्पादनमा थप कठिनाई हुने गरेकोले त्यो प्रर्वत्तिलाई न्यूनिकरण गर्न आवाश्यक छ । एनसीसी माथि संस्थाका विगत देखिनै गरिदै आइएका समुदाय केन्द्रित नियमित कार्यक्रमहरु, राष्ट्रिय तथा स्थानिय समन्वयात्मक गतिविधिहरु, श्रमिक केन्द्रित कार्यहरु देखि नेपाल प्रबद्र्धन सम्मका कार्यक्रमलाई व्यवस्थित र सन्तुलितरुपमा संचालन गर्नु पर्ने दायित्व रहन्छ । यि सबै जिम्मेबारीलाई पुरा गर्न सिङ्गो टिममा दिगो प्रतिबद्धता अनिवार्य हुन्छ । सामान्यतय संस्थाको नेतृत्वकर्ताले आफ्नो नेतृत्वमा नियमित कार्यहरुका अलवा कम्तिमा पनि एक फरक कार्य गरेर कार्यकाललाई स्मरणिय बनाउने चलन हुन्छ । म संस्थामा आबद्ध भए पश्चातका कार्यकाललाई स्मरण गर्दा पनि नरेन्द्र भाटको कार्यकालमा एनआरएन सांस्कृतिक साँझ आयोजना, एसियन कप मेडलिस्ट दिपक बिष्टको सम्मान तथा त्रिभुन अन्तराष्ट्रिय विमान स्थलमा ट्रली सहयोग महत्वपुर्ण र स्मरणिय छन् । अमृत गुरुङको कार्यकालमा भएका श्रमिक कल्याण केन्द्रित कार्यक्रमहरु, काठमाडौमा पुरुष आश्रय स्थल स्थापनार्थ गरिएको अग्रसरता एनसीसी कतारको इतिहाँसमा सुनौला अक्षरले कुदिएका छन् । मक्सुद आलमको नेतृत्वमा दुतावासमा परामर्श केन्द्र संचालन गरेर ८० हजार भन्दा बढि नेपालीहरुलाई सेवा प्रदान, पहिलोपटक एनआरएन कप फुटबल आयोजना गरि नेपाली खेल प्रबद्धन, राष्ट्रका हरेक विपत्तिमा गरिएको उल्लेखनिय सहयोग, कतार सरकारका विभिन्न निकायमा विस्तार गरिएको संस्थाको पहँुच, पहिलो पटक भव्यरुपमा स्थापना दिवस मनाउदै संस्थापक तथा अग्रजहरुलाई गरिएको सम्मान, संस्थाको प्राविधिक पक्षको मजबुदिकरण तथा सुचना सम्प्रेषणमा अपनाईएकोे नँया प्रणाली आदी निकै महत्वपुर्ण कार्यहरु भएका छन् । विगतका यि महत्वपुर्ण कार्यक्रमहरुलाई समेत निरन्तरता दिदै यो कार्यकाललाई स्मरणिय बनाउने गरी थप कार्यक्रम गर्नु पर्ने चुनौति नँया कार्यसमिति सामु छ । ति चुनौतीहरुलाई चिर्दै सफलतापुर्वक कार्यकाल पुरा गर्ने सबैभन्दा महत्वपुर्ण शक्ति भनेकै संस्थामा आबद्ध सदस्यहरु र अग्रजहरु हुन् । २००९मा नरेन्द्र भाटको नेतृत्वमा एनसीसी गठन हुदा ३ जना मात्र पुर्व अध्यक्षहरु र ९४५ पंजिकृत सदस्यहरु थिए तर आज यो संख्या धेरै बढेको छ । आज एनसीसी ६ जना पुर्व अध्यक्ष तथा सोहि अनुपातमा पुर्व पदाधिकारीहरु, आइसीसीका पुर्व पदाधिकारीहरु छन् उनिहरुको शुभेच्छा र साथले मात्र पनि संस्थालाई धेरै मजबुद बनाउछ । मेरो व्यक्तिगत देखाईमा केहि अपवाद बाहेक सबै अग्रजहरुले एनसीसी प्रतिको आफ्नो दायित्व निभाइरहनु भएको छ । जसबाट सधैं संस्थाको उन्नतीको पक्षमा सहयोगको अपेक्षा गर्न सकिन्छ, धेर थोर समन्वयमा निर्भर गर्दछ । परिषद् सदस्यहरुको संख्या पनि आज त्यो बेलाको तुलनामा तेब्बर भन्दा बढि छ । सबै सदस्यहरुलाई कतारको परिवेशमा एनसीसीको अहिलेकै श्रोत साधनले पुर्णरुपमा परिचालन गर्न कठिन छ तर एनआरएनएको गतिविधिहरुबाट प्रभावित भएर स्वत स्र्फुत आबद्ध हुने सदस्यहरुको संख्या पनि उल्लेख्य छ जसले एनसीसीलाई धेरै सहयोग गर्न सक्छन् जसलाई समन्वय गर्ने कार्यलाई निरन्तरता दिन कन्जुस्याई गर्न हुदैन । तथापी संस्थाको हितका निम्तीे सबै पक्षमा जिम्मेबारी बोध चाँहि हुनै पर्दछ । पक्कै पनि ठुलो भारी नाम्लो लगाएर बोक्ने जिम्मा एनसीसीको नै हो तर हातमा पोका झुण्ड्याएर पछि लाग्ने जिम्मेबारी भने सम्पुर्ण पंजिकृत सदस्यहरुको पनि रहन्छ । ति बोकिएका भारीहरुको सन्तुलन मिलेको छ कि छैन, नाम्लो सहि ठाँउमा बसेको छ कि छैन वा कतै भारी चुहिएको छ भने सम्हाल्ने, सहज बाटो देखाईदिने, एक अर्कालाई मिलेर यात्रा गर्न सन्देश दिने जिम्मेबारी संस्थाका अग्रज तथा पुर्व पदाधिकारीहरुले पनि लिनु पर्दछ । समग्रमा भन्दा एनआरएनए अभियानमा सबै सधै सगै यात्रा गर्नु पर्छ आ–आफ्नो जिम्मेबारी र दायित्वका साथ । आफु पदमा रहदामात्र जिम्मेबारी रहन्छ छाडे पछि पुर्णरुपमा जिम्मेबारी मुक्त भइन्छ भन्ने सोच यदि हामीमा छ भने त्यसलाई परिवर्तन गर्न आवाश्यक छ । एक सच्चा अभियन्ताको अभियान प्रतिको जिम्मेबारी त्यो अभियान चलुन्जेल रहन्छ न कि पदिय हैसियत रहेसम्म मात्र । अर्को तिर नेपाली राजदुतावासको भौतिक संरचना पनि निकै सुदृढ भएको अवस्थामा छ । विगतमा दुतावासले चाहेर पनि समाजलाई कतिपय सहयोग गर्न सक्ने अवस्थामा थिएन तर आज आपसी समझदारीपुर्ण वातावरण बनाएर सहयोग लिन सक्ने प्रशस्त सम्भावनाहरु छन् । विगतको तुलनामा कतार सरकारका निकाय तथा अधिकारीहरु एनआरएनएको बारेमा धेरै परिचित भएको अवस्था छ जसबाट नेपालीहरुको हितमा उल्लेख्य कार्यहरु गर्न सक्ने सम्भावनाहरु छन् त्यसलाई सदुपयोग गर्न एनसीसी चुक्नु हुदैन । आफैमा पनि एनसीसी धेरै व्यवस्थित हुदै गएको अवस्था छ, धेरै कुराहरु संस्थागत भएका छन् । जसलाई निरन्तरता मात्र दिदा पनि एनसीसी करिब करिब कार्यकाल सफल हुने अवस्था छ । पछिल्लो दिनमा बढेको संघ संस्थाहरुको क्रियाशिलता र तिनले एनसीसीलाई गर्ने गरेको सहयोग एनसीसीको महत्वपुण उर्जा हो । फलेको वृक्षलाई सबैले ढुङ्गा हान्छन् भन्ने उक्ति सरह एउटा उचाई प्राप्त संस्थाको भएकोले यस प्रति अपेक्षा बढि हुनु, अपेक्षा अनुरुप नभएमा आलोचना हुनु स्वभाविक नै हो । त्यति मात्र नभएर स्वभावैले आफु काममा सहयोग नगर्ने अनि काम गरिरहेकाहरुको कमजोरी खोतल्दै लोकप्रियताको खेति गर्ने प्रवृत्तिको थोर धेरै सबै समाजमा उपस्थित रहने गर्दछन् कतार पनि त्यसबाट अछुतो छैन । अझ संजाल र सहज पहुँज बनेका अनलाईन मिडियहाहरुले कतिपय अवस्थामा त्यस्ता प्रवृत्तिहरुलाई प्रोहोत्साहित गर्ने गरेका छन् । यि सबैलाई चिर्न उचित संस्थागत परामर्शका लिएर सकरात्मक सोच, संयमताका साथ लगनशिल भएर कार्य गर्ने दृढ सङकल्पका साथ लागि परेमा अवश्य पनि एनसीसी कतारले इतिहाँसमा अर्को एक सुनौलौ पाना थप्नेमा कुनै दुविधा छै्न ।
(भट्टराई गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका निवर्तमान महासचिव हुन । )
