राजनितिक बिषयवस्तुहरुलाई म आवाश्यक मात्रामा मात्र चासो लिने गर्दछु । बिशेष गरि राष्ट्रिय स्वार्थको बिषय आम नागरिकमा पर्न सक्ने प्रभाव, राष्ट्रलाई दिर्घकालिन असर गर्ने बिषय आउदा मात्र ध्यान अलिक बढि केन्द्रित हुने गर्दछ । सामान्यतया यस्ता अवस्था विरलै आउनु पर्ने हो तर नेपालको राजनितिले कम चासो राख्नेहरुलार्ई पनि बारम्बार चासो लिन बाध्य बनाउन छाडेन । आत्माबाटै भन्नु पर्दा २०७४को निर्वाचनमा एउटै दलले सहज बहुमत ल्याए पछि अब राजनैनिक अस्थिरता इतिहाँसमा सिमित रहने कुराले ढुक्न बनेको थियो । त्यसमा पनि कमजोर प्रतिपक्ष, प्रदेश र स्थानिय निकायमा समेत संघिय सरकारको सत्ता पक्ष कै अनुकुलता रहेका कारण राजनैतिक अस्थिर दुर हुने कुरामा नेपालीहरुलाई पक्कै ढुक्कको स्वास मिलेको थियो । तर कोरोना कहर कै बिच मुलुकका एकाएक विकसित घटनाक्रमले फेरि नेपालीहरु बेचैन भएका छन् । भित्रि खेल र पृष्ठभूमि थाहा नहुने तर देशको बारेमा सधैं चिन्तित नेपाली जनता सरकारले ल्याएको अध्यादेश, तत्कालै खारेजि र त्यसलाई मसला बनाएर सत्तारुढ दलभित्र शुरु भएको गुटगत राजनितिले नेपाली जनताको निन्द्रा हराएको छ । यो पार्टि बिशेष, त्यसका कार्यकर्ताको मात्र बेचैनी होइन सिङ्गो मुलुकको चिन्ताको बिषय हो ।
एकाएक जिम्मेबारी परिवर्तनको बहस शुरु भएको छ । सरकार र प्रधानमन्त्रिबाट कयौं कमिकमजोरीहरु भएका छन् । तर त्यसको प्रधानमन्त्री परिवर्तन गर्दैमा सबै कुरा ठिक हुन्छ वा त्यो त केवल पुर्वाग्रह साध्ने, आफु र आफु निकटहरुलाई पदमा पुर्याउने नियतले मा आएको छ भन्ने कुरा प्रष्ट हुन जरुरी छ । जिम्मेवारी परिवर्तन गर्दा गुट होइन कार्यक्षमतालाई मानक बनाएर गरिनु पर्दछ । एउटा व्यक्तिलाई प्रधानमन्त्रिबाट हटाएर अर्कोलाई त्यहा राख्नु झट्ट हेर्दा सामान्य लाग्न सक्छ, अझ प्रधानमन्त्री फेर्नमा विश्वमा नै अग्रपङतिमा रहेको हाम्रो मुलुकमा यो सामान्य लाग्नु स्वभाविक नै हो तर यसको प्रभाव त्यति सामान्य हुदैन आर्थिक, प्रक्रियागतरुपमा मात्र होइन सन्देशात्मक र दिर्घकालिन असरको हिसावले कार्यकारी परिवर्तनको सवाललाई सामान्य रुपमा लिइनु हुदैन ।
एकिकृत नेपालको इतिहाँस राणाकालका केहि प्रधानमन्त्रीहरु बाहेक कसैले पनि पुरा कार्यकाल काम गर्न पाएको देखिदैन । वास्तवमा भन्नु पर्दा राष्ट्रको दिगो विकास, सुशानको कारक यहि नै हो अस्थिरता ।
त्यसैले अहिलेको सत्तासिन पार्टिले जनताको विश्वास कायम राख्न, जनमतको सम्मान गर्न, प्राप्त राजनैतिक उपलब्धिहरुको रक्षा गर्न, लोकतान्त्रिक बहुदलिय व्यवस्था सान्धर्भिकता पुष्टि गर्न र देशमा राजनैतिक स्थिरताको ऐतिहाँसिक शुरुवात गर्न यो सरकारले ५ बर्षे कार्यकाल पुरा गर्नै पर्दछ, अस्थिरता हाम्रो नियति बनिरहनु हुदैन ।
No comments:
Post a Comment